काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने बताएका छन् ।
शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै देउवाले व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने बताउँदै यसबाट मात्र दीगो विकास लक्ष्य हासिल गर्न सकिने बताएका हुन् ।
मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि (निर्माण) बढाउनुपर्ने पनि देउकाले स्पष्ट पारे । व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपति र सामाजिक विकृति फैलिने गरेको उनको भनाइ छ ।
‘नेपालको कुल जनसंख्याको २ तिहाई शहरी क्षेत्रमा बसोबास गर्छन्, अनियन्त्रित बसाइसराई रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ ’ प्रधानमन्त्री देउवाले भने ।
