काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अगाडि ‘बा लागेकाहरूलाई बिदाइ गर्नुपर्ने बताएका छन् ।
पार्टीको उपत्यका भेलालाई सम्बोधन गर्दै लामिछानेले अगाडि ‘बा’ लागेका डोजर लिएर निस्किसकेकाले पछाडि ‘बा’ लागेकाहरुलाई बिदाइ गर्नुपर्ने बताएका हुन् ।
‘अब पछाडि ‘बा’ भएकाहरु केपीबा, देउबा, नानीकाबाहरुलाई बिदाइ गरौं’, लामिछानेले भने ‘अब यी पछाडि ‘बा’ भएकाहरुलाई बिदाइ गरौं अगाडि ‘बा’ भएकाहरु डोजर लिएर निस्किसके ।’ उनले पुराना नेताहरुलाई स–सम्मान बिदाइ गर्नुपर्ने बताए ।
मंसिर चारको निर्वाचनमा नेपाली राजनीतिको बेतिथिको मेन स्वीच अफ गर्नुपर्ने उनले बताए । आफ्नो पार्टीबाट विविध विषयमा विशेषज्ञता हासिल गरेको व्यक्तिहरुले टिकट उम्मेदवारी दिने भएकोले तीनीहरुलाई सबैले चिन्नुपर्ने उनको उनको भनाइ छ । सकेसम्म इमानदार, दक्ष, योग्य व्यक्तिलाई घण्टी चुनाव चिह्न दिएर जनतामाझ पठाउने उनले बताए ।
