• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाको बैठक आइतबार, यस्ता छन् सम्भावित कार्यसूची !

राष्ट्रियसभाको बैठक आइतबार, यस्ता छन् सम्भावित कार्यसूची !


  • 5.1K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    राष्ट्रियसभाको बैठक आइतबार, यस्ता छन् सम्भावित कार्यसूची !

    काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । अपराह्न १ बजे बस्ने भोलिको बैठकको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ ।

    images

    त्यस्तै  राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची पनि रहेको छ ।

    त्यसै गरी राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने कार्यसूची रहेको छ । 

    111.jpg