• ट्रेण्डिङ्ग :
‘एमाले पहिलो दल हो, अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ’

‘एमाले पहिलो दल हो, अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ’


  • 3.8K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    ‘एमाले पहिलो दल हो, अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय भएको बताएका छन् ।

    images

    राजधानीमा शनिबार आयोजित साक्षात्कारमा उनले दलहरू निर्वाचनको सन्दर्भमा आ–आफ्नो ढंगले तयारीमा लागेको उल्लेख गरे । उनले आफ्नो पार्टी पनि निर्वाचनको तयारीमा होमिएको सुनाए । ‘हाम्रो केन्द्रीय कमिटी बैठक आज सकिन्छ । अब देशव्यापी रूपमा निर्वाचनको तयारीमा गइरहेका छौं । गठबन्धनले पनि आफ्नो तयारी गरिरहेको छ । हामीले निर्वाचनको घोषणापत्र लेख्ने कामको थालनी गरेका छौं,’ उनले भने, ‘यसको नेतृत्वमा पनि अध्यक्ष केपी ओलीले गर्नुभएको छ । देशव्यापी रूपमा आएका रायसुझाव पनि । हाम्रो दलले सुखी नेपाली र समृद्ध नेपालीको अभियान चलायौं । विकासको तीव्र विकास गर्यौं । ठूला ठूला औद्योगिक क्षेत्र निर्माण भयो ।’
     
    उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप पनि लगाए । ‘नागकिरता विधेयक पनि त्यस्तै आयो । एसपीपी लागु गर्न खोजिएको छ । कुनै महाशक्ति राष्ट्रको छायाका रूपमा अथवा सैन्य रणनीतिक अभ्यासभित्र हामीलाई सामेल गरेर सेनाका चिफलाई अस्ट्रेलियाको मेलबर्न पठाएका छौं । करको दर हेरफेर गरिएको छ,’ उनले भने, ‘राष्ट्रपतिले पुनर्विचार गरियोस् भनेको विधेयक जस्ताको त्यस्तै । प्रधानन्यायाधीशलाई महाभियोग लगाउने काम गरेको छ । आफूअनुकूलकालाई निमित्त दिने । जनताले सबै कुरा हेरेका छन् ।’

    नेता बस्नेतले एमाले आगामी निर्वाचनमा पनि पहिलो दल हुने दाबी गरे । ‘एमाले अहिले पनि पहिलो दल हो । अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ । ३४ प्रतिशत भोट ल्याएका छौं । ४० प्रतिशत पपुलर मत ल्याउँछौं । एमाले कमजोर छैन,’ उनले भने, ‘यो बीचमा गठबन्धनले जनताको हितविपरीत काम गरेको छ । भ्रष्टाचार गरेको छ । मल अभाव, पुस्तक अभाव भएको छ । यी इस्युलाई हामीले सही ढंगले व्यवस्थापन गर्दा, १४ महिनाका उहाँहरूको अलोकप्रिय कामले हामीलाई फाइदा हुन्छ । ७० भन्दा बढी सिट जित्छौं । बहुमत पुग्ने हाराहारीका साथ अघि बढेको छ ।’

    उनले एमालेले गठबन्धन नगर्ने पनि बताए । निर्वाचनलाई जनताको हितमा उपयोग गर्ने आफूहरूको नीति रहेको उनले बताए । ‘मुलुकको समृद्धि । संघीयता र धर्मनिरपेक्षता रिभ्यु गर्नुपर्छ भनेर, आउँदो सदनको यो महत्त्वपूर्ण एजेन्डा हुन्छ । मुलुक र जनतालाई काम नलाग्ने मान्छे निर्वाचित नहुन पनि सक्छन् ।’