• ट्रेण्डिङ्ग :
‘संघीय निर्वाचनमा भक्तपुर २ मा गठबन्धनको जित निश्चित, सिंगल-सिंगल भिड्छु भन्नेलाई धूलो चटाउँछौं’

‘संघीय निर्वाचनमा भक्तपुर २ मा गठबन्धनको जित निश्चित, सिंगल-सिंगल भिड्छु भन्नेलाई धूलो चटाउँछौं’


  • 4.1K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    ‘संघीय निर्वाचनमा भक्तपुर २ मा गठबन्धनको जित निश्चित, सिंगल-सिंगल भिड्छु भन्नेलाई धूलो चटाउँछौं’

    भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सांस्द एवं युवा नेता महेश बस्नेतर्फ संकेत गर्दै सिंगल-सिंगल भिड्छु भन्नेहरुलाई धूलो चटाउने बताएका छन् ।

    images

    रफत सञ्चार क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘आज सिंगल-सिंगल भिड्छु भन्नेहरुलाई यसअघि पनि धूलो चटाएकै हौं, त्यसपछि माओवादीको वैशाखी टेकेर एकपटक जितें भन्दैमा घमण्ड नगरे हुन्छ, यसपटक धूलो चटाउँछौ ।’ आफूले माओवादी केन्द्रको वैशाखी टेकेर चुनाव जित्दा सुहाउँदो, पवित्र हुने र अरुले गठबन्धन गर्दा अपवित्र हुने भन्दै उनले आफूले अपवित्र गठबन्धन गर्दा गठबन्धन भत्किएको र पार्टी धुजा-धुजा भएको टिप्पणी गरे ।

    एमाले नेता बस्नेततर्फ संकेत गर्दै कांग्रेस सभापति थापाले भने, ‘भक्तपुरका नवयुवराजलाई पछार्न गठबन्धन आवश्यक छ, हिजो राजनीतिक व्यापारीहरुसँग कमाएको पैसा, सांसद अपहरणमा कमाएको पैसा बाँडेर टिकट खरिद गर्ने र चुनाव जित्छु भनेर हल्ला चलाएका छन्, तिनले अब चुनाव जित्ने हैसियत राख्न सक्दैनन् ।’

    काठमाडौंका मेयर बालेन साहले अल्फाबिटाको अवैधानिक संरचना हटाएर निकै राम्रो गरेको र त्यसमा कांग्रेसको समर्थन रहेको बताए । उनले सांसद महेश बस्नेतले बालेनलाई गरेको गालीले त्यस्ता व्यापारीसँग साँठगाठ रहेको र लुटेको धन त्यस्ता व्यवसायमा लगानी गरेकाले विरोध गरेको हुन सक्ने बताए ।

    अहिलेको गठबन्धनीय राजनीतिबाटै संघ र प्रदेशको लागि उम्मेद्‌वार चयन गर्न जिल्लास्तरमा पनि छलफल भइरहेको थापाले बताए । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीलगायत गठबन्धनका दलहरुसमेतको सहभागितामा चुनावी अभियान सञ्चालन गर्ने उनले बताए ।

    निर्वाचन नजिकिएसँगै गठबन्धनभित्रका दलहरुका नेताले उम्मेद्‌वारी घोषणा गर्नु स्वभाविकै भएको बताउँदै उनले त्यसले गठबन्धनमा कुनै असर नपार्ने र गठबन्धनभित्र कुनै तिक्तता नरहेको उनको भनाइ थियो ।

    मंसिर ४ को निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट संघीय सांसदमा आफ्नो पनि उम्मेद्‌वारी घोषणा गर्नु स्वभाविकै रहेको बताउँदै उनले भने, ‘कांग्रेसका तर्फबाट संघीय सांसदमा मेरो उम्मेद्‌वारी स्वभाविकै हो, जनताले पनि त्यही चाहिरहेका छन् तर अन्य नेताहरुले पनि स्वभाविक रुपमा उम्मेद्‌वारी घोषणा गरेका छन्, तर गठबन्धनले निर्णय जसलाई गर्छ त्यहीँ नै आधिकारिक उम्मेद्‌वार हो, जुनसुकै पार्टीबाट गठबन्धनले उम्मेद्‌वारी दिए पनि जिताउन एक भएर लाग्नेछौँ ।’