अनधिकृत संरचना हटाउने महानगरको अभियान जारी, रत्नपार्कमा पनि चल्यो डोजर

अनधिकृत संरचना हटाउने महानगरको अभियान जारी, रत्नपार्कमा पनि चल्यो डोजर


  • 5.3K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    अनधिकृत संरचना हटाउने महानगरको अभियान जारी, रत्नपार्कमा पनि चल्यो डोजर

    काठमाडौं । आइतबार पनि काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान जारी राखेको छ । आज महानगरले  रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु गरेको छ।

    images

    आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो। महानगरको डोजरले रत्नपार्कको सबवेसँगैका संरचना भत्काइदिएको छ। पछिल्लो समय काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउँदै आएको छ ।

    महानगरले नयाँ बानेश्वर, शंखमुल, खिचापोखरी लगायतको स्थानमा बनेका अवैध संरचना हटाइसकेको छ । यस अभियानलाई निरन्तरता दिने महानगरका मेयर बालेन शाहले बताएका छन् । त्यस्तै उपमेयर सुनिता डंगोलले पनि यो अभियानमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेकी छिन् । 

  • सम्बन्धित विषय:

  • # काठमाडाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप