एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक जारी

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक जारी


  • 5.0K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक जारी

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक पार्टी कार्यालय च्यासलमा जारी छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीका लागि एमालेको बैठक बसेको हो ।

    images

    एमालेमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । निर्वाचन कमिटीमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीका केन्द्रीय विभागका सचिव सदस्य छन् ।

    एमालेले तत्कालै वाम गठबन्धन नहुने बताउँदै एक्लै चुनावमा जाने निष्कर्ष निकालेको छ । एमालेले आगामी भदौ २४ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न पनि मातहत कमिटीहरूलाई भनेको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप