सेयर बजारमा उच्च अंकको गिरावट, ३३ अंकले घट्यो 

सेयर बजारमा उच्च अंकको गिरावट, ३३ अंकले घट्यो 


  • 6.3K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    सेयर बजारमा उच्च अंकको  गिरावट, ३३ अंकले घट्यो 


    काठमाडौं । साताको पहिलो दिन आज (आइतवार) सेयर बजारमा सुधार देखिएन । सेयर बजार आज उच्च अंकले घटेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । नेप्से आज ३३ दशमलव ३६ अंकले घटेर एक हजार नौ सय ८९ दशमलव २६ विन्दुमा ओरालो  लागेको छ । 

    images

    म्युचल फन्डबाहेक  सबै समूहको सेयर ओरालो लागेको छ ।  बीमा, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत्, फाइनान्स लगायतका समूहको सेयर भने उच्च अंकले नै घटेको छ । 

    आइतबार दुई सय २४ वटा कम्पनीका ६१ लाख ४८ हजार कित्ता सेयर दुई अर्ब पाँच करोड ९७ लाख रुपैयाँमा कारोबार भयो । अरुण काबेली पावर कम्पनीको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने रुरु जलविद्युत् परियोजनाको सेयर १० प्रतिशतले घटेको जनाइएको छ  । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # उच्च अंकले गिरावट

  • तेस्रो आँखा