• ट्रेण्डिङ्ग :
एमालेद्वारा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

एमालेद्वारा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन


  • 5.7K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    एमालेद्वारा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

    काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    images

    आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

    त्यस्तै बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । जसको सचिवमा उपमहासचिव  विष्णु रिमाल चयन भएका छन् । बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न निर्देशन दिएका छन् । 

    ओलीले एमाले बहुमतको सरकार देशलाई आवश्यक भएको पनि बताए । पार्टीलाई विजयी बनाउने संकल्प र दृढ आत्मविश्वासका साथ अघि बढ्न उनले पार्टी पङ्क्तिलाई आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप