काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका लेखापाल एवं कर्मचारीहरुलाई विद्यालय बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले घोषणा गरिएका विद्यालय बन्दको कार्यक्रम फिर्ता लिन र दैनिक पठनपाठन हुने वातावरण बनाउन आग्रह गरेको हो ।
निजामति कर्मचारी सरह तलब नबढेको भन्दै केही दिनदेखि चरणबद्ध आन्दोलनमा रहेका देशभरका विद्यालयका लेखापाल एवं कर्मचारीहरुले आजदेखि (१२ भदौ) पढाउने काम ठप्प पार्ने निर्णय गरेका थिए ।

