काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोली अनधिकृत संरचना हटाउन इन्द्रचोक नजिकै रहेको सुरज अर्केड पुगेको छ ।
पार्किङको लागि भनेर नक्सा स्वीकृति लिएको स्थानमा अन्य प्रयोजन गरेको भन्दै महानगर उक्त संरचना हटाउन त्यहाँ पुगेको हो । सुरज आर्किडको पार्किङमा व्यवसाय सञ्चालन भइरहेको थियो।
महानगरले आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि (सब वे) बनेको अवैध संरचना हटाएको थियो। केही दिनयता काठमाडौं महानगरपालिका अनधिकृत संरचना हटाउन आक्रामक रूपमा अघि बढिरहेको छ ।
