सभामुखद्वारा त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न संसदमा रुलिङ

सभामुखद्वारा त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न संसदमा रुलिङ


  • 5.8K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    सभामुखद्वारा त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न संसदमा रुलिङ

    काठमाडौं । सभामुख अग्नि सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न  रुलिङ गरेका छन् । 

    images

    आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रश्न उठाएपछि सभामुख सापकोटाले विश्वविद्यालयको समस्या समाधान गर्न रुलिङ गरेका हुन् ।

    ‘माननीय सदस्यहरु, त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दील गायतका विरोध कार्यक्रमहरुले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनु भएको छ ।’, सापकोटाले भने  ‘सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु ।’

    संसद बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।