प्रतिनिधिसभामा राज्यका निर्देशक सिद्धान्तलगायत प्रतिवेदन पेस

प्रतिनिधिसभामा राज्यका निर्देशक सिद्धान्तलगायत प्रतिवेदन पेस


  • 7.9K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    प्रतिनिधिसभामा राज्यका निर्देशक सिद्धान्तलगायत प्रतिवेदन पेस

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ ।
          
    बैठकमा समितिका सभापति नीरादेवी जैरुले समितिको वार्षिक प्रतिवेदन, २०७६ र एकीकृत प्रतिवेदन, २०७९ पेस गरेकी हुन् । ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९’क पेस भएको छ ।
     
    समिति गठन भएपश्चात् प्रतिवेदन तयारीको अवधिसम्म कूल ५३ बैठक भएको र संविधानमा उल्लेख भएका राज्यका विभिन्न नीतिमध्ये शिक्षा, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकाससम्बन्धी नीतिका विषयलाई प्रमुख प्राथमिकतामा राखी समितिको कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको सभापति जैरुले बताए । 

    images

    उनले समितिलाई आगामी दिनमा प्रभावकारी र परिणाममुखी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने विश्वास व्यक्त गरेकी छन्  । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाए ।
         
    त्यसैगरी सभामुख सापकोटाले नेपाली कांग्रेसका तर्फबाट सिरहा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको गत भदौ ४ गते निधन भएकाले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराएका थिए ।