• ट्रेण्डिङ्ग :
राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा रायमाझी

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा रायमाझी


  • 6.4K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा रायमाझी

     काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन् । 

    images

    कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका सदस्य रायमाझीलाई आज राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।

    देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका छन् ।