नेता परियारद्धारा सह—महामन्त्रीमा मनोनयन दर्ता 

नेता परियारद्धारा सह—महामन्त्रीमा मनोनयन दर्ता 


  • 6.4K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    नेता परियारद्धारा सह—महामन्त्रीमा मनोनयन दर्ता 

    काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसमा नेता जीवन परियारले सहमहामन्त्रीमा मनोनयन दर्ता गराएका छन् । काँग्रेसको जारी १४ औं महाधिवेशन अन्र्तगत शेखर कोइराला प्यानलबाट उनले सहमहामन्त्रीमा मनोनयन गर्दा गरेका हुन । कांग्रेस संस्थापनइतरमा साझा उम्मेदवार तय हुन नसकेपछि सो समुहबाट सभापतिमा प्रकाशमान सिंह र शेखर कोइरालाले छुट्टाछुट्टै मनोनय दर्ता गराएका हुन । 

    images

    नेता परियारले कोइराला प्यानलबाट समावेशी (दलित) कोटाबाट मनोनयन दर्ता गरेको जनाए । उनले मनोनयन दर्ता गर्दै बाहिरिने क्रममा पार्टीको भित्रको गुटको अन्त्य हुन आवश्यक रहेको बताए । आफ्नो उम्मेदवारी दलित समुदायको प्रतिनिधित्व रहेको भन्दै परियारले पार्टी संगठनकालागि वलियो खम्बा बनेर अघि बढ्ने बताए । 

    परियारले सहमहान्त्रीमा निर्वाचित भए बर्षाै वर्ष पार्टीभित्रका भातृ संस्था र शुभेच्छुक संस्थालाई चलाएमान बनाउने प्रतिवद्धता व्यक्त गरे । प्रजातान्त्रिक समाजवादलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न, सामाजिक रूपान्तरण र न्यायको सुनिश्चितता गर्न, पार्टीको विधान अनुरुप आफ्नो उम्मेदवारी रहने उनको दावी छ । 

    कास्कीको पोखरास्थीत पृथ्वीनारायण क्याम्पसदेखि नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति सुरु गरेका परियारले दलित आन्दोलनका अगुवाहरुका रुपमा काम गरेका छन् ।

    परियार राष्ट्रिय दलित आयोगको सदस्य सचिव हुदै २०७० सालमा संविधानसभा सदस्य बनेका थिए । दुई पटक केन्द्रीय सदस्य रहेका परियार पार्टीमा प्रभावकारी नेता मानिन्छन् ।   कांग्रेसले आसन्न १४ औं महाधिवेशनबाट ८ सहमहामन्त्री निर्वाचित गर्दा क्लस्टर पनि समावेश गर्ने विधानमा उल्लेख गरेको छ ।  

  • सम्बन्धित विषय:

  • # परियार

  • तेस्रो आँखा
    लेखकबाट थप