समानुपातिकतर्फ ७६ दलको निवेदन

समानुपातिकतर्फ ७६ दलको निवेदन


  • 5.6K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    समानुपातिकतर्फ ७६ दलको निवेदन

    काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् ।

    images

    निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् ।

    प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस प्रदेशमा ६७ दलबाट ५९ निवेदन, वाग्मती प्रदेशमा ६६ दलबाट ५८ निवेदन परेको छ ।

    गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८, दलबाट ५० निवेदन परेको आयोगले जनाएको छ ।

    election-commission-2-768x662.jpg