अन्तिम नामावली आजै सार्वजनिक हुने, उम्मेदवारी फिर्ताकाे अवधि ११ बजेभित्र

अन्तिम नामावली आजै सार्वजनिक हुने, उम्मेदवारी फिर्ताकाे अवधि ११ बजेभित्र


  • 4.6K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    अन्तिम नामावली आजै सार्वजनिक हुने, उम्मेदवारी फिर्ताकाे अवधि ११ बजेभित्र
    काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । 

    कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

    images

    समितिले शनिबार राति उम्मेदवारकाे प्रथम नामावली प्रकाशन गरिसकेकाे छ ।

    आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । 

    राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ ।

    मतदान मतपत्रमार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ ।

    मतदानका लागि एक जनालाई ४५ मिनेटभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

    महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेसको विधान अनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ । न्युज कारखाना


    तेस्रो आँखा