काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयानलिन सुरु गरेको छ । जबरा दुई घण्टा अगाडि नै सिंहदरबारमा आइपुगेका भएपनि बयान भने ढिला सुरु भएको हो ।
समितिको यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणाले आज समितिमा आएर बयना दिएका हुन् । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो ।
उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई उनीमाथि लागेको आरोपबारे प्रश्न सोध्नेछ ।
