काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवासमा पुगेका छन् ।
राष्ट्रपति भण्डारीले पशामर्शको लागि बोलाएपछि नेताहरुलाई शीतलनिवास पुगेका हुन् । राष्ट्रपतिले भण्डारीले यसअघि नेपाली कांग्रेसका सभापति देउवा लगायत पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गरेकी थिइन् । संसदको दुबै सदनले पास गरेर पठाएको नागरिकता विधेयकलाई भण्डारीले फिर्ता पठाएपछि सत्तारुढ दल र भण्डारीबीच दुरी बढेको छ ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पास गरेर पठाएको थियो । तर राष्ट्रियसभाले भने संसदीय समितिमा छलफलको लागि पठाएको छ । सोहि विषयमा सत्तारुढ दलका नेताहरुसँग भण्डारीले छलफल गरेको उल्लेख छ ।
