काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई चौबीस घण्टाभित्र कर बुझाउन अल्टिमेटम दिएको छ ।
महानगरले आज पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटकपटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गरेकाे छ ।
उसले तोकिएको समयमा कर नबुझाएमा फनपार्क शिलबन्दी गरी तिनुपर्ने राजश्व सरकारी बाँकी सरह अशुल उपर गरिने जनाएको छ ।

