काठमाडौं,२६ मंसिर । नेपाली कांग्रेसका नेता पुर्वमन्त्री मीनबहादुर विश्वकर्माले मनोनयन फिर्ता दिएका छन् । पार्टीको जारी १४ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका विश्वकर्माले अन्तिम अबस्थामा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका थिए ।
छलफलको क्रममै रहर्द गर्दा उम्मेदवारी दर्ता गर्नुपरेकाले फिर्ताका लागि उनले कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएका हुन् । विश्वकर्माले शेरबहादुर देउवाको प्यानलबाट पदाधिकारीमा लड्न चाहेका थिए ।
पार्टीको चर्काे दवावपछि खुल्ला केन्द्रीय सदस्यका लागि प्रयास गरे अन्तिममा नेताहरुमा सहमति जुट्न सकेन । काँग्रेस भातृसंगठन दलित संघका अध्यक्ष रहेका विश्वकर्माले नै मनोनयन फिर्ता दिएपछि उनि निटक दलित नेताहरु निरास भएका छन् ।
