• ट्रेण्डिङ्ग :
चार घण्टा लिँदा पनि सकिएन जबराकाे बयान, भाेलि ११ बजेलाई बाेलाइयाे

चार घण्टा लिँदा पनि सकिएन जबराकाे बयान, भाेलि ११ बजेलाई बाेलाइयाे


  • 5.4K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    चार घण्टा लिँदा पनि सकिएन जबराकाे बयान, भाेलि ११ बजेलाई बाेलाइयाे

    काठमाडौं । करिब चार घण्टा बयान लिँदा पनि नसकिएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग सिफारिस समितिले भोलि (बिहीबार) पनि बोलाएको छ । 

    images

    सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बसेको बैठकमा समितिले जबरालाई ४३ वटा प्रश्न सोध्ने तयारी गरेको थियो । तर पाँच वटा प्रश्नमा मात्र छलफल गरेर बैठक स्थगित गरिएको हो । समितीको अर्को बैठक भोली बिहान् ११ बजेलाई बोलाइएको छ । 

    समितिको  यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणाले आज समितिमा आएर बयान दिएका हुन् । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो ।