काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहको काठमाडौं फनपार्कलाई चौबीस घण्टाभित्र कर बुझाउन अल्टिमेटम दिएको छ ।
महानगरले हिजो (बुधबार) पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटकपटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गरेको छ ।
तोकिएको समयमा कर नबुझाए फनपार्क सिलबन्दी गरी तिनुपर्ने राजस्व सरकारी बाँकीसरह असुलउपर गरिने महानगरले जनाएको छ ।

