सभापति पदमा हारे प्रधानमन्त्रीबाट हटाउँछन्

सभापति पदमा हारे प्रधानमन्त्रीबाट हटाउँछन्


  • 7.6K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    सभापति पदमा हारे प्रधानमन्त्रीबाट हटाउँछन्

    तेस्रो आँखा डेस्क

    images

    काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नजिते प्रधानमन्त्री पदबाट बाहिरिनु पर्ने बताएका छन् । आफू निकट महाधिवेशन प्रतिनिधिसँग सभापति देउवाले यस्तो बताएका हुन् ।

    आदिवासी जनजाती विभागले यहाँ आयोजना गरेको कांग्रेसको १४औं महाधिवशेनमा प्रतिनिधिसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवाले आफूले सभापति पदमा हारेमा पार्टीभित्र धेरै प्रश्न उठ्ने भएकाले पनि यस विषयमा गम्भीर बन्न आग्रह गरे ।

    ‘मैले हारें भने प्रधानमन्ीि पदबाट हट्नुपर्ने परिस्थिति आउने भन्दै जित्नैपर्ने वाध्यता रहेको बताए । मलाई जिताउनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन् ।  त्यही भएर मलाई जिताउनु होला’, देउवाको आग्रह थियो ।

    प्रतिनिधिलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए ।

    सभापति देउवाले भने- प्रजातन्त्र आजको जरुरी कुरा हो । कांग्रेसभित्र प्रजातन्त्र छ । तपाईंहरूलाई थाहै छ, अस्ति ओली हुँदा कस्तो थियो ?

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा
    लेखकबाट थप