वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै पहल गरेन : ओली

वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै पहल गरेन : ओली


  • 6.6K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै पहल गरेन : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष  केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन पहल गर्न नसकेको बताएका छन् ।

    images

    नेकपा एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका र गठबन्धनका शीर्ष नेताहरूले भारत सरकारसँग अतिक्रमित भूमि फिर्ता गराउने विषयमा पहल गर्नुपर्ने बताएका हुन् । 

    सुकुम्बासी, मुक्त कमैया आदिवासी र गरिब जनताको पार्टी एमाले भएको भन्दै उनले ‘समृद्ध नेपाल, खुसी नेपाली’को परिकल्पनाका साथ अघि बढेको बताए ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # केपी शर्मा ओली

  • तेस्रो आँखा
    लेखकबाट थप