खोला तर्दै गर्दा सिन्धुपाल्चोकका अमित थामीलाई खोलाले बगायो

खोला तर्दै गर्दा सिन्धुपाल्चोकका अमित थामीलाई खोलाले बगायो


  • 5.2K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    खोला तर्दै गर्दा सिन्धुपाल्चोकका अमित थामीलाई खोलाले बगायो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका ४, बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।

    images

    मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

    उनकी आमा र बहिनी भने सकुशल छन् । खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् ।