• ट्रेण्डिङ्ग :
मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम


  • 4.6K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

    जनकपुर । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज (बिहीबार) मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ । 

    images

    गिरिको स्मृतिमा बिहीबार दिउँसो उनको गृहनगर लहान नगरपालिका १४, बस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिए । उनका अनुसार सिरहा क्षेत्र १ बाट निर्वाचित गिरिले शान्त रुपमा बस्न र थकाइ मेटाउन गाउँनजिकै खुट्टी खोलाकिनारमा बनाएको आश्रममा दिउँसो १ बजे श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताए । 

    गिरिको इच्छाअनुसार बस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि बिहीबार १३औँ दिनको पुण्यतिथिमा उनको अस्तु आश्रममा सेलाइनेछ । समाजवादी चिन्तक  गिरिको १३औँ दिनको तिथिमा प्रदेशका आठवटै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको थियो ।