काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले दोस्रो दिन बयानलिन सुरु गरेको छ ।
केहि समय अगाडि सिंहदरबार पुगेका जबराको दोस्रो दिनको बयान लिन सुरु गरिएकाे हो । बुधबार करिब चार घण्टा बयान लिँदा पनि नसकिएपछि जबरालाई महाअभियोग सिफारिस समितिले आज पनि बयानको लागि बोलाएको थियो । जबरालाई ४३ वटा प्रश्न सोध्ने तयारी गरेको समितिले हिजाे पाँच वटा प्रश्नमा मात्र छलफल गरेर बैठक स्थगित गरेको थियो ।
समितिको यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार जबराले हिजो पनि समितिमा बयान दिएका थिए । तर हिजो बयान नसकिएपछि आज पनि उनले बयान दिन सुरु गरेका हुन् । जबराविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।
