काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको जारी १४ औं महाधिवेशनमा प्रदेश २ बाट खुला केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेशमा आवश्यक दुई केन्द्रीय सदस्यमध्ये तीनजनाको उम्मेदवारी परेकोमा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसंगै रिजाल र ढुंगाना निर्विरोध भएको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ ढुंगानाले बताए । नयाँ नेतृत्वका लागि भोली बिहान ८ बजेदेखि मतदान हुँदैछ ।
