कांग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

कांग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस


  • 5.3K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    कांग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

     काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएका नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

    images

    संघीय  संसद्को उम्मेद्वार सिफारिसका लागि आज  क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । 'झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकांक्षाी हुनुहुन्थ्यो, सबैले उहाँलाई समर्थन जनाउनुभयो', उनले भने । 

    मेचीनगर नगरपालिका ९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार भएका थिए । यसैगरी नेपाली कांग्रेसले झापा१ को ‘प्रदेश (क)का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । ‘प्रदेश (ख)का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि  उम्मेदवार सिफारिस गरेको छ ।