काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग संसद्को महाभियोग सिफारिस समितिले लिएको दोस्रो दिनको बयान पनि सकिएको छ ।
करिब दुई घण्टा चलेको बयानमा आज दुई वटा मात्र प्रश्नमा छलफल गरेर आइतबारसम्मको लागि बैठक स्थगित गरिएको छ । बुधबार ३ घण्टा बढी बयान दिएका जबरलाई भोलि (शुक्रबार) सदन रहेको र पर्सि शनिबार भएकाले समितिको अर्को बैठक भदौ १९ गते (आइतबार) बिहान ११ बजे बस्ने गरेर स्थगित भएको समितिको सभापतित्व गरिरहेका रामबहादुर विष्टले जानकारी दिए ।
जबरालाई ४३ वटा प्रश्न सोध्ने तयारी गरेको समितिले हिजो पाँच वटा प्रश्न सोधेको थियो भने आज दुई वटा मात्र सोधेको छ । यस आधारमाा कयानको कार्य लम्बिने देखिएको छ । समितिको यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार जबराले हिजो पनि समितिमा बयान दिएका थिए ।
तर हिजो बयान नसकिएपछि आज पनि उनले बयान दिन सुरु गरेका हुन् । जबराविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।
