• ट्रेण्डिङ्ग :
विधायन व्यवस्थापन समितिले बहुमतबाट हुबहु पारित गरेको नागरिकता विधेयक राष्ट्रियसभामा पेस

विधायन व्यवस्थापन समितिले बहुमतबाट हुबहु पारित गरेको नागरिकता विधेयक राष्ट्रियसभामा पेस


  • 5.9K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    विधायन व्यवस्थापन समितिले बहुमतबाट हुबहु पारित गरेको नागरिकता विधेयक राष्ट्रियसभामा पेस

    काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले हुबहु पास गरेको नागरिकता विधेयक आजकाे राष्ट्रिय सभामा पेस भएको छ । 

    images

    सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले बुधबार बहुमतबाट हुबहु पारित गरेको थियो । सो विधयकलाई बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका हुन् । 

    सङ्घीय संसद्को दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठबुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो । उक्त विधेयक गत साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

    समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरसुन्दर श्रेष्ठले विधेयकका केही बुँदामा लिखित रुपमा फरक मत राखेका थिए । यस्तै सांसद खिमलाल देवकोटा र विमला राईले पनि विधेयकका सम्बन्धमा आ-आफ्नो लिखित अवधारणा प्रस्तुत गरेका थिए ।

    विधेयकको पक्षमा समिति सदस्यहरु जितेन्द्रनारायण देव, प्रकाश पन्थ, प्रमिला कुमारी, वेदुराम भुसाल, गंगा बेल्बासे, उदयबहादुर बोहरा, राधेश्याम पासवान र सुरेश आले मगरले समर्थन गरेका थिए । २०७२ को संविधान जारी हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबुआमा दुवै नेपाली नागरिक भएको अवस्थामा नागरिकता प्राप्त गर्ने सन्दर्भमा सरकारद्वारा प्रस्तुत उक्त विधेयकमा स्वघोषणा, वैवाहिक अङ्गीकृतलगायतका बारेमा दलहरुबीच केही फरक धारणा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक

  • तेस्रो आँखा
    लेखकबाट थप