सभापतिमा समर्थन जुटाउँदै डा. कोइराला

सभापतिमा समर्थन जुटाउँदै डा. कोइराला


  • 5.3K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    सभापतिमा समर्थन जुटाउँदै डा. कोइराला
    • तेस्रो आँखा डेक्स

    काठमाडौं २६ मंसिर ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको पक्षमा सर्मथन जुट्ने क्रम जारी रहेको छ । कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिंदै  सभापति पदका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई औपचारीरूपमै समर्थन गरेका  छन् ।

    images

    आफूले उठाएका मुद्दाका २८ वटा बुँदालाई कोइरालाले आत्मसात गर्ने प्रतिबद्धता जनाएपछि समर्थन गर्ने निर्णयमा पुगेको जानकारी न्यौपानेले दिएका छन् । गोरखा निवासी न्यौपाने तरुण दलका नेता हुन् ।

    सभापति पदका उम्मेदवार डाक्टर शेखर कोइरालले देउवा टिमका असन्तुष्ट नेताहरूसँग भेटावार्ता गरिरहनुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ । असन्तुष्ट नेताहरू कोइरालाप्रति सकारात्मक रहेका स्रोतको दाबी छ । न्यौपानेको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा,शेखर कोइराला, प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ छन् ।

  • सम्बन्धित विषय:

  • # सभापतिमा मनोनयन

  • तेस्रो आँखा
    लेखकबाट थप