• ट्रेण्डिङ्ग :
एमालेका सुुदुरपश्चिम प्रदेश सांसद थापा लगायत दर्जनाैँ नेता रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

एमालेका सुुदुरपश्चिम प्रदेश सांसद थापा लगायत दर्जनाैँ नेता रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


  • 4.9K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    एमालेका सुुदुरपश्चिम प्रदेश सांसद थापा लगायत दर्जनाैँ नेता रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    काठमाडौं, १६ भदौ । नेकपा (एमाले) परित्याग गरी सुुदुरपश्चिम प्रदेशका सांसद रतन थापालगायतका नेताहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । 

    images

    काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले कैलालीका पूर्व अध्यक्ष तथा प्रदेशसभा सदस्य थापासहित सांसद परियार चौधरी, सुदुरपश्चिम प्रदेशका निवर्तमान सांसद हिमाञ्चलराज भट्टराई पनि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका हुन् । त्यस्तै डा.प्रदीप भट्टराई, तेजराम चौधरी, नेपाल समाजवादी पार्टी केन्द्रीय सदस्यहरु राजेन्द्र देवकोटा, राजाराम चौधरी, लक्ष्मीराम चौधरीलगायत नेताहरुपनि पार्टी प्रवेश गरेका छन् । 

    उनीहरुलाई पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले खादा, र अविर लगाएर पार्टीमा स्वागत गरिन् । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टीको स्थापना महत्वपुर्ण परिस्थितिमा भएको र आफूहरु पार्टी स्थापनाको उद्देश्यअनुसार नै सही तवरले अघि बढेको स्पष्ट पारिन् । उनले पछिल्लो समय पार्टीप्रति जनताको उभार आएको सने दाबी गरिन् । उनले समावेशी, समानता, शुसासन, संघियता र पहिचानमा प्रतिवद्ध भई नेपालको लोकतान्त्रिक आन्दोलन र लोकतान्त्रिक मुल्य र मान्यताप्रति पार्टी प्रतिबद्ध भएको समेत स्पष्ट पारिन् । 

    त्यस्तै नवप्रवेशी रतन थापाले जनताको भाग्य र भविष्य निर्माण गर्ने आशाले आफूले एमालेमा २२ वर्ष बिताएको भएपनि एमालेले देश र जनताको राम्रो काम गर्न नसकेको गुनासो पोखे । एमालेकै विभिन्न कारणले पार्टी छाड्न बाध्य भएको सुनाउँदै उनले जनताको सेवा जुनसुकै पार्टीमा बसेर गर्न सकिने उल्लेख गर्दै आफू जनताकै सेवाको लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको स्पष्ट पारे । उनले एमालेमा धनाढ्य व्यक्ति आए अहिले नै नेता बन्ने र निर्वाचनको टिकट पाइहाल्ने अवस्था रहेको भन्ने आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # नागरिक उन्मुक्तिमा पार्टी

  • तेस्रो आँखा
    लेखकबाट थप