उपभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका आचार्य पत्रमार्फत भोट माग्दै

उपभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका आचार्य पत्रमार्फत भोट माग्दै


  • 8.1K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    उपभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका आचार्य पत्रमार्फत भोट माग्दै

    काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका नेता महेश आचार्यले चिठी लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन् । काठमाडौंमा जारी १४ औं महाधिवेशनमा सहभागि हुन आएका महाधिवेशन प्रतिनिधिसंग उपसभापति पदमा उम्मेदवार भएकाले मलाई भोटदिन भन्दै अनुरोध गरेका हुन ।

    images

    महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा मतदान गर्न जाँदा विचार रोज्न आग्रह गरेका छन् । ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने? तपाईंको विवेकले उचित निर्णय गर्नेछ,’ आचार्यले पत्रमा भनेका छन् ।  

    उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । उनले पार्टीभित्रको नीति र विचारको राजनीतिलाई नयाँ जीवन प्रदान गर्न आफूले उम्मेदवारी दिएको पत्रमा उल्लेख गरेका छन्  । निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका आचार्यले आग्रह गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # उपभापति

  • तेस्रो आँखा
    लेखकबाट थप