सप्तकोसीको वितण्डा : कटान गरिएका ठाउँ ‘संकटग्रस्त क्षेत्र’ घोषणा

सप्तकोसीको वितण्डा : कटान गरिएका ठाउँ ‘संकटग्रस्त क्षेत्र’ घोषणा


  • 7.3K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    सप्तकोसीको वितण्डा : कटान गरिएका ठाउँ ‘संकटग्रस्त क्षेत्र’ घोषणा

    काठमाडौं । सरकारले सप्तकोसी नदीले कटान गरेका उदयपुर,सुनसरी र सप्तरीका विभिन्न ठाउँलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । केही दिनअघि सप्तकोसी नदीमा आएको बाढीले कटान गरेको विभिन्न भू–भागलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको हो । गृह मन्त्रालयले बिहीबार राजपत्रमा जारी गरेको सूचनाअनुसार  सप्तकोशी नदीमा आएको बाढीबाट भौतिक क्षति भएको भू–भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको उल्लेख छ । 

    images

    उदयरपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ लाई संकटगरुस्त  क्षेत्र घोषणा गरिएको उल्लेख छ । यस्तै वर्सेनि सप्तरी जिल्लाका क्षेत्र पनि सप्तकोसी नदीको बाढीले प्रभावित हुने गरेका छन् । सरकारले सप्तकोशी नगरपालिका वडा नम्बर ६, ७ र ९ लाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

    यस्तै सप्तरीकै कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई समेत संकटग्रस्त घोषणा गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७ र ९ लाई समेत यस्तो क्षेत्र भित्र समेटिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

  • सम्बन्धित विषय:

  • # गृह मन्त्रालय
  • # सप्तकोसी नदीको कटान

  • तेस्रो आँखा