त्रिविकाे समस्या संवादकाे माध्यमबाट समाधान गर्न प्रधानमन्त्री देउवाकाे आग्रह

त्रिविकाे समस्या संवादकाे माध्यमबाट समाधान गर्न प्रधानमन्त्री देउवाकाे आग्रह


  • 6.1K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    त्रिविकाे समस्या संवादकाे माध्यमबाट समाधान गर्न प्रधानमन्त्री देउवाकाे आग्रह

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेका छन् ।

    images

    भूकम्पले क्षतिग्रस्त बनाएको  शङ्करदेव क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । “त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गरिनुपर्छ, तालाबन्दीले समस्या समाधान हुँदैन, विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौँ”, प्रधानमन्त्री देउवाले भने ।

    उनले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट  बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्सँग सल्लाह गरेर क्याम्पसअघि रहेको जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताए ।

    दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताए । नवनिर्मित भवनले विद्यार्थीको चाप थेग्न सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भवन पुनःनिर्मााणका लागि पूर्वविद्यार्थी समाजले गरेको सहयोगकोे प्रशंसा पनि गरे ।

    क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पु¥याएका छन् भन्दै  उनले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।