नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस


  • 4.4K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

    गलकोट । अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएको छ ।  

    images

    यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएको छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी  क्षेत्र नम्बर १ प्रदेश (ख) बाट अन्यको नाम सिफारिस नगरिएको पार्टीका जिल्लास्तरीय प्रचार विभाग प्रमुख शालिकराम शर्माले जानकारी दिए । यस्तै बागलुङक्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वसंसद् तथा पार्टीका केन्द्रीय सदस्य शान्ति अधिकारीको नाम सर्वसम्मत सिफरिस गरिएको छ । 

    क्षेत्र नम्बर २ कै प्रदेशसभा ९क०बाट पार्टी केन्द्रीय परिषद् सदस्य कमल घिमिरे र (ख) बाट जिल्ला सचिवालय सदस्य हरि घर्तीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख शर्माले बताए । यस्तै  क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य लिला शेरचन र पार्टी जिल्ला कमिटी उपाध्यक्ष केशर छन्त्याललाई सिफारिस गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप