काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्न अपरान्ह साढे ४ बजे बैठक बोलाएको छ। जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गर्न बोर्डकाे बैठक बस्न लागेकाे हाे ।
बोर्डले नतिजा सार्वजनिक गर्ने निर्णय गरेमा नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागि भएका थिए ।
