• ट्रेण्डिङ्ग :
ललितपुरमा पनि अवैध संरचना हटाउन सुरु, फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ कारबाही !

ललितपुरमा पनि अवैध संरचना हटाउन सुरु, फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ कारबाही !


  • 7.0K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    ललितपुरमा पनि अवैध संरचना हटाउन सुरु, फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ कारबाही !

    ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विभिन्न व्यापारिक कम्प्लेक्स, सार्वजनिकस्थल,सरकारी कार्यालयलगायत ठाउँमा अवैध संरचना हटाउन सुरु गरेसँगै यसको प्रभाव अन्य स्थानीय तहमा पनि परेको छ ।

    images

    यसैक्रममा ललितपुर महानगरपालिकाले पनि नियमविपरीत बनाइएका संरचना हटाउने काम सुरु गरेको छ । महानगरपालिकाले लगनखेलमा आफ्नै भवनमा नियमविपरीत बनाइएका संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।  

    ठेक्कामा दिइएको भवनमा फुटपाथसम्म ओगटेर नियमविपरीत क्वालिटी क्याफे सञ्चालनमा ल्याइएको थियो । फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ कारबाही गर्ने अधिकारअनुसार महानगर प्रहरीको टोलीले भत्काइ दिएको बताइएको छ । शनिवारदेखि भने निर्माण सामग्री राखेर सडकमा हिँड्न अप्ठ्यारो भएका संरचना हटाइने महानगरपालिकाको योजना छ । 

    महानगरपालिकाले पत्र बुझाउनुपर्ने अनधिकृत संरचना भत्काउन भने दशैँसम्मको समय दिएको छ । माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिन थालेको छ । निर्देशन नमानेमा भत्काउन बाध्य हुने महानगरपालिकाका उच्च कर्मचारीले केही सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।