काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केही बेरअघि बैठक बसेर नतिजा सार्वजनिक गरेको हो । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ ।
बोर्डका अनुसार यस वर्ष परीक्षामा ४८ प्रतिशत परीक्षार्थी सफल भएका छन् । ५२ प्रतिशत परीक्षार्थीको नतिजा एनजी (नन ग्रेडिङ) आएको छ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी उल्लेख हुनेछ। बोर्डले यस्तो व्यवस्था पहिलोपटक लागू गरेको हो ।
यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ ।
बोर्डकाअनुसार २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् । यस वर्षको परीक्षामा जीपीए ४ ल्याउने परीक्षार्थीको संख्या शून्य रहेको छ ।
