मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा, आजै उपेन्द्रले पार्टी प्रवेश गराउने

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा, आजै उपेन्द्रले पार्टी प्रवेश गराउने


  • 6.0K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा, आजै उपेन्द्रले पार्टी प्रवेश गराउने

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई उनले आज आफ्नो राजीनामा पत्र बुझाएका हुन् । 

    images

    निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए । 

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । 

    मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत रहँदै आएका थिए ।  

  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप