‘एमालेले ल्याएको अध्यादेशअनुसारै नागरिकता विधेयक ल्याइएको हो, विरोधको अर्थ छैन’

‘एमालेले ल्याएको अध्यादेशअनुसारै नागरिकता विधेयक ल्याइएको हो, विरोधको अर्थ छैन’


  • 4.8K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    ‘एमालेले ल्याएको अध्यादेशअनुसारै नागरिकता विधेयक ल्याइएको हो, विरोधको अर्थ छैन’

    मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन् ।

    images

    पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उनले बताए । विगतमा गठबन्धन दलहरुका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने अध्यक्ष नेपालको धारणा थियो । 

    अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि फलदायी हुने बताए । “सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्ने विश्वास छ”, उनले भने । अध्यक्ष नेपालले विगतमा नेकपा (एमाले)ले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रस्ट पारे ।

  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप