राप्रपाका अध्यक्ष लिङ्देनले सांसद पदबाट राजीनामा दिए (भिडियाेसहित)

राप्रपाका अध्यक्ष लिङ्देनले सांसद पदबाट राजीनामा दिए (भिडियाेसहित)


  • 5.9K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    राप्रपाका अध्यक्ष लिङ्देनले सांसद पदबाट राजीनामा दिए (भिडियाेसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै लिङ्देनले आजैबाट लागु हुने गरी आफू सांसदको भूमिकामा नरहने बताए । 

    images

    निर्वाचन घोषणा भइसकेपछि संसद् चलिरहनु उपयुक्त हुदैन भन्ने पार्टीको धारणा रहेको र त्यसैले आजबाट आफू सांसदको रुपमा संसद्मा उपस्थित नहुने उनको भनाइ छ । अध्यक्ष लिङ्देलले आफू संसद्मा उपस्थित नहुने भएकाले आफ्नो नाममा पठाइने तलब भत्ता रोक्का गरिदिनसमेत आग्रह गरे ।

    उनले झण्डै पाँच वर्षको कार्यकालमा पार्टीको एक्लो सदस्यको हिसाबले संसद्मा उपस्थित हुँदा केयौँ नीतिगत कुरामा आफूलाई उपेक्षा गरिएको जस्तो महसुस गरे पनि सबै दलका सांसदबाट पाएको स्नेह र सद्भावलाई सधैँ सम्झनामा राखिरहने बताए ।

      

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # राजेन्द्र लिङ्देन

  • तेस्रो आँखा
    लेखकबाट थप