दाङ। नेकपा एमाले महासचिव शंकर पोखरेल दाङको क्षेत्र नम्बर २ बाट एकल उमेद्वारका रुपमा सिफारिस भएका छन् । २ नम्बर क्षेत्रीय कमिटीको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको हो ।
उनलाइ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरिएको एमाले दाङका प्रचार विभागले जनाएको छ। पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा स्थायी राजधानी दाङ तोकेका नेता हुन् ।
