• ट्रेण्डिङ्ग :
'राजनीतिक दलले सत्तामा आएपछि प्रेसको घाँटी निमोठ्ने काम गरे'

'राजनीतिक दलले सत्तामा आएपछि प्रेसको घाँटी निमोठ्ने काम गरे'


  • 9.0K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    'राजनीतिक दलले सत्तामा आएपछि प्रेसको घाँटी निमोठ्ने काम गरे'

    बारा । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रतालाई हनन गर्न खोजे महासंघ चुप लागेर नबस्ने बताएका छन् । बाराको सदरमुकाम कलैयास्थित करणराज प्यालेसमा आज (आइतबार) साझेदारी दैनिक राष्ट्रिय पत्रिकाको आठौं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

    images

    राजनीतिक दलले सत्तामा नरहँदा प्रेसको वकालत गर्ने तर सत्तामा आएपछि प्रेसको घाँटी निमोठ्ने काम गर्ने गरेकाले प्रेस स्वतन्त्रताका हक हनन् गर्न खोज्ने जो कोहीसँग आफूहरुको सहकार्य नहुने ठोकुवा गरे । प्रेस बलियो नभए प्रजातन्त्र बलियो नहुने बताउँदै अध्यक्ष पोखरेलले प्रेसमाथि अंकुश लगाउने काम सैह्य नहुने चेतावनी दिएका छन् । 

    नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारका लागि  श्रम ऐन लागू गर्न माग गरे । विधानसभा सदस्य डा. शोभाकर पराजुलीले विधिको शासन कायम गराउने, मुलुकमा शान्ति सुव्यवस्था कायम गराउने र राज्यको हरेक निकायलाई खबरदारी गर्ने प्रेस जगतलाई सबैले सम्मान गर्नुपर्ने धारणा राखे । 

    जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछानेलगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष लम्साल तथा केन्द्रीय सदस्यहरु गणेश रिजाल र अप्सरा पुडासैनीलाई सम्मान गरिएको थियो ।