• ट्रेण्डिङ्ग :
सांसदहरुले भने- महँगी र डेंगु  नियन्त्रणका लागि सरकारले विशेष पहल थालोस्

सांसदहरुले भने- महँगी र डेंगु  नियन्त्रणका लागि सरकारले विशेष पहल थालोस्


  • 3.8K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    सांसदहरुले भने- महँगी र डेंगु  नियन्त्रणका लागि सरकारले विशेष पहल थालोस्

    काठमाडौं । प्रतिनिधिसभाको आज (आइतबार ) बसेको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेंगु संक्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन् ।

    images

    सांसदहरुले मुलुककका ७२ जिल्लामा डेंगुको संक्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरका छन्। सांसद मीनाकुमारी श्रेष्ठले डेंगुको रोकथाम र नियन्त्रणका  लागि पहल गर्न आग्रह गरे ।

    बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गरे । सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गरे ।

    बैठकमा सांसद बिमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गरिन्। सांसद डा. विन्दा पाण्डेले विश्वविद्यालयहरुको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायको व्यवस्थापन गर्न माग गरेकी थिइन् ।