एमाले उम्मेदवारको छिनोफानो : झापा ५ बाट अध्यक्ष ओलीको नाम सर्वसम्मत

एमाले उम्मेदवारको छिनोफानो : झापा ५ बाट अध्यक्ष ओलीको नाम सर्वसम्मत


  • 6.3K
    SHARES
    • भाद्र २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    एमाले उम्मेदवारको छिनोफानो : झापा ५ बाट अध्यक्ष ओलीको नाम सर्वसम्मत

    काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।  क्षेत्रीय कमिटीको सोमबार बसेको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । 

    images

    क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ । क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिएका छन् । क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक जारी छ ।  

     

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # प्रतिनिधिसभा निर्वाचन

  • तेस्रो आँखा