• ट्रेण्डिङ्ग :
गठबन्धन बैठक : चुनावी तालमेल र सिट बाँडफाँड मंगलबार टुं‌ग्याइने

गठबन्धन बैठक : चुनावी तालमेल र सिट बाँडफाँड मंगलबार टुं‌ग्याइने


  • 5.1K
    SHARES
    • भाद्र २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    गठबन्धन बैठक : चुनावी तालमेल र सिट बाँडफाँड  मंगलबार टुं‌ग्याइने

    काठमाडौं । गठबन्धनको बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलवारसम्म टुङ्ग्याउने निर्णय गर्दै आजको बैठक सकिएको छ । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश टुङ्ग्याउने भएको छ।  

    images

    दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने भएको छ। कार्यदलको बैठक भोलि बेलुकी ६ बजे फेरि बस्ने भएको छ। भोलि बस्ने बैठकले आफ्नो जिम्मेवारी टुङ्ग्याउने जनाइएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार दिउँसो १ बजेदेखि झन्डै पाँच घण्टा चलेको थियो ।