काठमाडौं । संसद्को कार्यकाल थप्ने निर्णयबाट सरकार पछि हटेको छ । विधेयक संशोधन प्रस्ताव स्वीकार गर्दै सरकार उक्त निर्णबाट पछि हटेको हो ।
सरकार पक्षले संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधिसभा र प्रदेशसभालाई निरन्तरता दिने निर्णय गरेको थियो । चौतर्फी आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट सरकार पछि हट्न बाध्य भएको हो ।
सरकारले आगामी संसदीय चुनावपछि पनि पुरानै संसद्लाई निरन्तरता दिन खोजेको थियो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मार्फत सरकारले संसदलाई निरन्तरता दिन खोजेको हो ।
तर त्यसको चौतर्फी विरोध भयो । प्रदेश र प्रतिनिधिसभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्नुपर्ने गरी सांसदहरूले हालेको संशोधनको प्रस्ताव स्वीकार गर्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको जनाइएको छ ।
